नेपाली समय Loading...२०८३ जेष्ठ १८, सोमवार

आज सिद्धिचरण नगरपालिकामा सार्वजनिक शोक विदा

ओखलढुङ्गान्युज, १८ जेठ । सिद्धिचरण नगरपालिकाले आज आफ्नो पालिका क्षेत्र भित्र सार्वजनिक विदा गरेको छ । नगरपालिकाले आफ्ना लेखापाल कर्मचारी सुशिल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज शोक बिदा दिएको हो ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै लेखापाल श्रेष्ठको उपचारका क्रममा आइतबार काठमाडौंमा निधन भएको जनाएको छ । श्रेष्ठको असामयिक निधनले नगरपालिकालाई अपूरणीय क्षति भएको भन्दै नगरपालिका परिवार स्तब्ध बनेको जनाइएको छ ।

मृतक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले आज सोमबारका लागि कार्यालयको अत्यावश्यक काम बाहेक नियमित सम्पुर्ण सेवा बन्द गरी शोक बिदा दिएको जनाएको छ । नगरपालिकाले दिवंगत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।