चिशंखुगढीका अध्यक्ष निशान्त शर्मालाई पितृ शोक
प्रकासित मिति : २०८३ जेष्ठ १७, आइतवार
प्रकासित समय : ०२:४७

ओखलढुङ्गान्युज, १७ जेठ सेर्ना । चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मालाई पितृ शोक परेको छ । अध्यक्ष शर्माको बुबा भवनाथ बास्तोलाको ८८ वर्षको उमेरमा आज बिहान ७ बजे घरमा नै निधन भएको हो ।
लामो समयदेखि बास्तोला प्रोस्टेस रोगका कारण थलित भएका थिए । उनको उपचारको लागि परिवारले पटकपटक काठमाडौँ लगेर उपचार गरेको भएपनि अस्पतालले डिस्चार्ज गरेको थियो ।
स्वर्गीय बास्तोलाको आज आइतबार नै सामाजिक परम्परा अनुसार गाउँमा नै दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

