मानेभञ्ज्याङको राघवपुरमा फुटसल प्रतियोगिता हुँदै
ओखलढुङ्गान्युज, १६ जेठ मानेभञ्ज्याङ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा दोश्रो वडा अध्यक्ष कप फुटशल प्रतियोगिता हुने भएको छ । मानेभन्ज्याङ गाउँपालिका वार्ड नं ८ राघवपुरमा जेठ १८ गतेदेखि फुट्सल प्रतियोगिता हुन लागेको हो ।
फुट्सल प्रतियोगिताका विजेताले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद रु ५५ हजार ५५५ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद रु ३५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गर्ने दुई टिमले नगद रु १५ हजार ५५५ सहित मिडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुने मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष भीमबहादुर मगरले जानकारी दिए । स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान तथा विकास गर्ने उद्देश्यका साथ गत वर्षदेखि वडा स्तरीय फुट्सल प्रतियोगिताको आयोजना गरेको वडा अध्यक्ष मगरको भनाइ छ ।


