नेपाली समय Loading...२०८३ जेष्ठ १४, बिहीवार

‘बझाङको बाघ’ नेपाली फाइटर रविन्द्र ढाँट सेमिफाइनल प्रवेश

ओखलढुङ्गान्युज, १४ जेठ, काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले युएफसीको प्रतिष्ठित छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनल प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट सुरुदेखि नै आक्रामक शैलीमा प्रस्तुत भएका ढाँटले उत्कृष्ट प्रहार र दमदार प्रदर्शनमार्फत दर्शकको ध्यान खिचेका थिए । दोस्रो राउन्डमा उनले लगातार आक्रमण गर्दै अलिन्टोजोनलाई नकआउट गरेपछि सेमिफाइनल यात्रा सुनिश्चित गरेका हुन् । दोस्रो राउन्डमा नकआउट गर्दै शानदार जितका साथ सेमिफाइनल प्रवेश गरेका हुन् ।

सुरुदेखि नै आक्रामक शैलीमा प्रस्तुत भएका ढाँटले उत्कृष्ट प्रहार र दमदार प्रदर्शनमार्फत दर्शकको ध्यान खिचेका थिए । दोस्रो राउन्डमा उनले लगातार आक्रमण गर्दै अलिन्टोजोनलाई नकआउट गरेपछि सेमिफाइनल यात्रा सुनिश्चित गरेका हुन् । आज बिहीबार भएको खेलमा रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरू पुगेका थिए ।

‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् । अब रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् ।