रुखबाट लडेर एक पुरुष गम्भीर घाइते
प्रकासित मिति : २०८३ जेष्ठ १२, मंगलवार
प्रकासित समय : ०२:४६
ओखलढुङ्गान्युज, १२ जेठ ओखलढुङ्गा । रुखबाट लडेर एक पुरुष गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको लिखु गाउँपालिका वडा नं ८ टार केराबारी निवासी ५३ वर्षीय पूर्णबहादुर बिष्ट रहेका छन्।
सोमबार दिउँसो १ बजेतिर चिलाउनेको हाँगो झारी बाख्रालाई घाँस झार्न भन्दै बिष्ट पैयुको रुखमा चढेका थिए । रुखमा चढेर घाँस झार्ने क्रममा बिष्ट अचानक लडेर उनी गम्भीर घाइते भएको जाल्पा मावि टारकेराबारीका प्रधानाध्यापक कैलाश पौडेलले जानकारी दिए ।
घटनाबारे थाहा पाउनासाथ स्थानीयले घाइते बिष्टको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारका लागि पुर्याएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । घाइते बिष्टको काठमाडौंस्थित छाउनी अस्पतालमा उनको उपचार भइरहेको जनाइएको छ ।


