नेपाली समय Loading...२०८३ जेष्ठ ४, आइतवार

ओखलढुङ्गाका तीन पत्रकार कृयाशील पत्रकारीता पुरस्कारबाट पुरस्कृत 

ओखलढुङ्गान्युज, ४ जेठ । नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाले जिल्लाका तीनजना पत्रकारहरुलाई कृयाशिल पत्रकारिता पुरस्कार २०८३ ले सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाको वार्षिक साधारण सभाको अवसर पारेर महासङ्घले कृयाशील पत्रकारीता पुरस्कारबाट सम्मानित गरेको हो । 

सम्मानित हुनेहरुमा अन्नपूर्ण पोष्ट दैनिकका ओखलढुङ्गा सम्बाददाता तथा नागरिक मिडिया डटकमका सन्चालक शिव प्रसाद ढुंगाना, इमेज टेलिभिजनकी ओखलढुङ्गा प्रतिनिधि शुभकला राई, तथा भिजन एफएमकी बुङातुङ चाम्लिङ राई रहेका छन् । सम्मानित तीनैजना पत्रकारलाई जनहि नगद रु ५,५५५/- र प्रमाणपत्र सहित दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल , विशेष अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्का लगायतका अतिथिहरुले सम्मान गरेका हुन् ।

कार्यक्रममा पत्रकार महासंघ ओखलढुङ्गा शाखाको भवन निर्माणमा आर्थिक सहयोग सहित महत्वपूर्ण योगदान पुर्याउने पत्रकार विएन श्रेष्ठ, लाक्पा जी शेर्पा, शीव प्रसाद ढुङ्गाना, कुल बहादुर तामाङलाई पनि महासंघले दोसल्ला र सम्मानपत्रले सम्मानित गरेको थियो ।