नेपाली समय Loading...२०८३ जेष्ठ २ शनिबार

मानेभञ्ज्याङमा एक महिला मृत फेला 

ओखलढुङ्गान्युज, २ जेठ मानेभञ्ज्याङ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. १ गहते बस्ने ४४ बर्षिया चेत कुमारी थापामगर रहेकी छन् ।

बाँदरले कलिलो मकैमा क्षति गरेपछि शुक्रबार बिहानै मृतक थापामगर बारीमा बाँदर रुग्न गएकी थिइन् । बाँदर रुग्न गएकी थापामगर दिउँसो ४ बजेतिर‌ बारीको भित्तापटि कोल्टे परेर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । प्रहरीको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।