सोह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि सिद्दिचरण लाई

ओखलढुङ्गान्युज, ३१ बैशाख मानेभञ्ज्याङ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा सम्पन्न १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सिद्धिचरण नगरपालिकाले जितेको छ । मानेभन्ज्याङ गाउँपालिकाको खेलमैदानमा आज सम्पन्न भएको प्रतियोगितामा सिद्धिचरण नगरपालिकाले ८ स्वर्ण, ४ रजत र १० काश्य सहित कुल २२ पदकका साथ रनिङ सिल्डको उपाधि जितेको हो ।
गत वैशाख २९ गतेबाट सुरुवात भएको १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा गत वर्षको विजेता सुनकोशी गाउँपालिकाले ७ स्वर्ण, ८ रजत र ५ काश्य पदक सहित कुल २० पदकका साथ दोस्रो स्थानमा रहन पुग्यो । त्यस्तै खेल व्यवस्थापक समेत रहेको मानेभन्ज्याङ गाउँपालिका ५ स्वर्ण, १ रजत र ४ काश्य पदकका साथ कुल १० पदक सहित तेस्रो स्थानमा रहन पुग्यो ।
प्रतियोगितामा खिजीदेम्बा गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ९ पदक प्राप्त गर्दै चौँथो स्थानमा रहन पुग्यो । लिखु गाउँपालिकाले २ स्वर्ण, ७ रजत र १ पदक सहित कुल १० पदकका साथ पाँचौं स्थानमा रहन पुग्यो । चम्पादेवी गाउँपालिका र मोलुङ गाउँपालिकाले समान २ स्वर्ण, ३ रजत र २ काश्य सहित ७/७ पदक प्राप्त गर्न सफल भए । चिशंखुगढी गाउँपालिकाले १ रजत र ६ कास्य पदक सहित कुल ७ पदकका साथ अन्तिम बन्न पुग्यो ।
प्रतियोगितामा विजेता बनेका खेलाडी तथा टीमहरुलाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई लगायत अतिथिहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

