आजबाट धोबीमा खुला भलिबल : विजेताले पाउनेछ नगद २ लाख ५० हजार

ओखलढुङ्गान्युज, २४ बैशाख धोबी । रामेछाप जिल्लाको धोबीमा आजबाट लिखु तामाकोशी गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताका विजेता टिमले नगद रु २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र गर्नेछन् ।
प्रतियोगितामा उपविजेता हुने टिमले नगद रु १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो स्थानमा रहेने टीमले नगद रु १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । आयोजकले प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने टीमको लागि पनि पुरस्कारको व्यवस्था गरेको छ । सान्त्वना स्थान प्राप्त गर्ने टीमले पनि नगद रु ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बैशाख २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद रु ५००० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर तथा लिबेरोलाई पनि नगद रु ५ हजार सहित ट्रफी प्रदान गरिने गाउँ खेलकुद विकास समितिका अध्यक्ष सुशीयल तामाङले जानकारी दिए ।

