नेपाली समय Loading...२०८३ बैशाख २० आईतवार

स्टार्टअप कर्जाका लागि ओखलढुङ्गाबाट २० फर्म प्रारम्भिक छनौटमा

तस्वीर : एआइ

ओखलढुङ्गान्युज, २० बैशाख काठमाण्डौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि ओखलढुङ्गाबाट २० ब्यबसायलाई प्रारम्भिक चरणमा परियोजना छनोट गरेको छ । प्रतिष्ठानले बैशाख १६ गते एक सूचना प्रकाशित गर्दै स्टार्टअप कर्जाका लागि प्रारम्भिक चरणमा ओखलढुङ्गाबाट २० ब्याबसायीक र्फमको छनौट गरेको जनाएको हो । 

स्टार्टअप कर्जाका देशभरबाट प्राप्त भएको आवेदन मध्ये औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १ हजार ३ सय १ (१३०१) जना उद्योगी ब्यबसायीलाई प्रारम्भिक योग्यताको सूचिमा छनौट गर्दा ओखलढुङ्गाबाट २० व्यबसाय छनौटमा परेका हुन् । प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बैशाख २३ गते बुधबार पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । तोकिएको समय सीमाभित्र परियोजनाका बारेमा विस्तृत प्रस्ताव नपठाए प्रारम्भिक छनौट सूचिमा परेको भएपनि प्रस्ताव स्वतः अमान्य हुने संस्थानले जनाएको छ ।

छनोट भएका कुल परियोजनामध्ये ६५ प्रतिशतभन्दा धेरै कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ । प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया शुरु हुने प्रतिष्ठानले जनाएको छ । मापदण्ड पूरा गरेका ९५० देखि एक हजार परियोजनालाई तीन प्रतिशत ब्याजमा ५ लाख देखि २० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइने पनि प्रतिष्ठानले जनाएको छ । 

ओखलढुङ्गाबाट प्रारम्भिक सूचिमा छनौटमा पर्न सफल भएका परियोजहरु :

१. लगलगे बाख्रा फर्म, सिद्धिचरण नगरपालिका ८

२. फ्याफुल्ला होटल एण्ड गेष्ट हाउस, सिद्धिचरण नगरपालिका ११

३. सुदिक्षा निर्माण तथा सप्लायर्स सिद्धिचरण नगरपालिका १२

४. श्रेष्ठ दुध डेरी, सिद्धिचरण नगरपालिका ११

५. गंगा जमुना बंगुर फर्म, सुनकोशी गाँउपालिका ३

६. मोलुङ बाख्रा फर्म, मोलुङ गाँउपालिका ८

७. सुनिल मोटर ग्यारेज, सिद्धिचरण नगरपालिका १२

८. रेडल्याण्ड कृषि तथा पशुपंक्षी फर्म, सुनकोशाी गाँउपालिका ४

९. च्यामाखा कृषि तथा पशुपंक्षी फर्म, मानेभञ्ज्याङ गाँउपालिका २

१०. शर्मिला कृषि तथा पशुपंक्षी फर्म, सिद्धिचरण नगरपालिका ८

११. दिदी बहिनी कृषि तथा पशुपंक्षी फर्म, सुनकोशी गाँउपालिका ४

१२. भुईटार बाख्रा फर्म, सिद्धिचरण नगरपालिका २

१३. लक्ष्मी कृषि तथा पशुपंक्षी फर्म, सिद्धिचरण नगरपालिका २

१४. महाकाली कृषि तथा पशुपंक्षी फर्म, मानेभञ्ज्याङ १

१५. दखिनकाली बाख्रा फर्म, मानेभञ्ज्याङ गाँउपालिका १

१६. मोहरिया कालीकादेवी कृषि तथा पशुपंक्षी फर्म, चम्पादेवी गाँउपालिका १०

१७. ललित बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म, मानेभञ्ज्याङ गाँउपालिका ३

१८. युनिक बेकरी क्याफे, सिद्धिचरण नगरपालिका १२

१९. रोनिश फ्रेसमिट एण्ड सप्लायर्स, मानेभञ्ज्याङ गाँउपालिका ४

२०. हिरा बंगुर फर्म, मानेभञ्ज्याङ गाँउपालिका ७

स्टार्ट अप कर्जा प्रदानका लागि प्रारम्भिक सूचि सार्वजनिक गरेसँगै प्रारम्भिक सूचिमा पर्न सफल सबै प्रस्तावकहरुको मोबाइल नम्बर संस्थानले म्यासेज समेत पठाएर जानकारी गराएको छ । म्यासेजमा नै एक लिंक पठाउदै परियोजनाको विस्तृत विवरण तयारका लागि फम्र्याट समेत उपलब्ध गराएको छ । 

सरकारले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै सबै पालिकालाई पत्र पठाएको थियो । प्रस्तावक तथा परियोजनाको भौतिक अवस्था जाँचपछि प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गरेको हो । संस्थानले चालु आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रदान गर्नका लागि एक अर्ब २६ करोड बजेट तयारी गरेको छ ।