नर्मदेश्वर माविमा गणपति लघुवित्तको वृक्षारोपण

ओखलढुङ्गान्युज, १८ बैशाख यसम । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा गणपति लघुवित्त वित्तीय संस्थाले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर १ मा पर्ने नर्मदेश्वर मावि चप्लेटीको प्राङ्गणमा लघुवित्तले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
लघुवित्त संस्थाको वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत नर्मदेश्वर माविको प्राङ्गणमा विभिन्न प्रजातिका तीन दर्जनभन्दा बढी बिरुवाको वृक्षारोपण गरिएको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा प्रमुख यसमका प्रमुख रामबहादुर विश्वकर्माले जानकारी दिए । लघुवित्तको केन्द्रीय आन्तरिक लेखा परीक्षक गोकर्णप्रसाद जोशीको प्रमुख आतिथ्यतामा विहीबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

लघुवित्तले ओखलढुङ्गा र रामेछापका गरी चारवटा स्थानीय तहमा कार्यक्षेत्र विस्तार गरेको छ । ओखलढुङ्गाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका तथा रामेछाप जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा कार्यरत रहेको छ । चारवटा गाउँपालिकामा कार्यक्षेत्र रहेको संस्थाको यसम शाखा अन्तर्गत ५८४ जना सदस्य रहेको संस्थाका प्रमुख विकले जानकारी दिए ।

