नेपाली समय Loading...२०८३ बैशाख १७ बिहीबार

हावाहुरीले राँगादिप वडा कार्यालय र माझखर्कको हेल्थ यूनिट उडायो

क्षतिग्रस्त मोलुङ ८ रागादिपको वडा कार्यालय

ओखलढुङ्गान्युज, १७ बैशाख प्राप्चा । बुधउथबार दिउँसो आएको हावाहुरीले जिल्लाको मोलुङ गाउँपालिकामा एक वडा कार्यालय भवनको छाना उडाएको छ । हावाहुरीले मोलुङ गाउँपालिकाको वडा नं. ८ राँगादिपको वडा कार्यालय भवनको जस्ताको छाना उडाएर क्षति गरेको हो ।

हावाहुरीले भवन क्षति गर्दा वडा कार्यालयबाट प्रवाह हुने सेवामा अबरुद्ध बनेको छ । केहिदिन अगाडी पानीसँगै परेको चट्याङले वडा कार्यालयको सोलारमा क्षति गर्दा कार्यालयको सेवा बत्तिमा मात्रै भर पर्नु पर्ने अबस्था थियो । हावाहुरीले छाना उडाएपछि वडाको सेवा प्रवाहमा थप समस्या सृजना भएको वडा अध्यक्ष सुधिर राइले जानकारी दिए ।

हावाहुरीले क्षतिग्रस्त बनाएको मोलुङ ४ माझखर्कको स्वास्थ्य युनिट भवन

त्यस्तै बुधबार दिउँसो आएको हावाहुरीले मोलुङ गाउँपालिका वडा नं. ४ को माझखर्कमा रहेको स्वास्थ्य युनिट भवनमा पनि क्षति पुगेको छ । हावाहुरीले स्वास्थ्य युनिट भवनको छाना उडाउँदा सेवा प्रवाहमा समस्या सिर्जना भएको मलुङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भोलाराज राईले जानकारी दिए ।