नेपाली समय Loading...२०८३ बैशाख ३ बिहीबार

मानेभञ्ज्याङ्गमा एक बृद्ध लडेर गम्भिर घाईते

ओखलढुङ्गान्युज, ३ बैशाख मानेभञ्ज्याङ्ग । घाँस काट्न जाने क्रममा जिल्लाको मानेभञ्ज्याङ्गमा एक बृद्ध पुरुष भिरबाट लड्दा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मानेभञ्ज्याङ्ग गाँउपालका वडा नं. ५ का ७५ बर्षिय पुरुष सनमान श्रेष्ठ रहेका छन् ।

बुधबार विहान उनी घरबाट नजिकै रहेको खरबारीमा घाँस काट्न गएका थिए । घाँस काट्न जाने क्रममा उनी बाटोबाट लडेर करीब २५–३० मिटर तल झरेका थिए । लडेर घाईते भएको थाहा पाउनासाथ गाँउपालिकाको एम्बुलेन्सबाट श्रेष्ठलाई उपचारका लागि सामुदायीक अस्पताल मिसन सोब्रु ओखलढुङ्गामा पु¥याईएको थियो ।

श्रेष्ठलाई विहीबार विहानै थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं पठाईएको मानेभञ्ज्याङ्गबाट भुवन श्रेष्ठले जानकारी दिए । घाईते श्रेष्ठको हाल बलम्बुमा रहेको शशस्त्र प्रहरी बल अस्पतालमा उपचार भैरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।