मोटरसाइकल दुर्घटनामा ओखलढुङ्गाका एक युवाको मृत्यु
ओखलढुङ्गान्युज, माघ १९ मानेभञ्ज्याङ । खोटाङको कदुवाबाट ओखलढुङ्गा तर्फ आउदै गरेको मोटरसाइकल दुर्घटना हुँदा ओखलढुङ्गाका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ उँबुका अन्दाजी ३७ बर्षिय मोतिराज राइ रहेका छन् ।
राई शोमबार बिहान घरबाट खोटाङ जिल्लाको हलेसी तुवाचुङ न.पा.१ कदुवा भन्ने स्थानमा काठ काट्न भनि गएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । काठ काट्न भनि गएका राई चढेको बा.प्र.०२-०२९ प.९७२७ नम्बरको १५० Cc को पल्सर मोटरसाइकल खोटाङको हलेसी तुवाचुङ न.पा.१ दौत्यखोला स्थित मध्य पहाडी लोकमार्ग सडक खण्ड अन्तर्गत कदुवा भन्ने स्थानमा सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।
मोटरसाइकल दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट जयरामघाटबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीको टोलीले घाइतेलाई तत्काल बोलेरमा राखी जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा पठाएको थियो । घाइतेको टाउकोमा गम्भीर चोट रहेको देखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
उपचारका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएका घाइते राईको बाटोमा नै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

