सिद्धिचरण नगरपालिकाका वडा अध्यक्ष श्रेष्ठले दिए राजीनामा

ओखलढुङ्गान्युज, भदौ २४ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाका वडा अध्यक्ष उमंग श्रेष्ठले राजिनामा दिएका छन् । उनले शोमबार राती सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै आजकै मितिबाट आफुले नेपाली कांग्रेसको कुनैपनि जिम्मेवारी तथा सदस्य नरहने गरि राजिनामा दिएको घोषणा गरेका हुन् ।
शोमबार काठमाडौंमा भएको जेन जी पुस्ताको शान्ति पुर्ण आन्दोलनमा प्रधानमन्त्री केपी वली र आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आफ्ना छोराछोरी जस्ता साना कलिला नानीहरुलाई गोली हानेर हत्या गर्न प्रहरीलाई निर्देशन गरेको र त्यसको जिम्मेवार नेपाली कांग्रेस पार्टी समेत रहेकोले आफुले राजिनामा दिएको बताएका छन् ।
सामाजिक सञ्जालमा वडा अध्यक्ष श्रेष्ठले Jen-Z को आन्दोलनमा आफ्नो पुर्ण समर्थन रहेको समेत बताएका छन् । जेन-जीले आज मंगलबार ओखलढुङ्गामा पनि आन्दोलन तथा प्रदर्शन गर्दैछ ।

