नेपाली समय Loading...२०८३ बैशाख ३१ बिहीबार

मोलुङमा एक पुरुष बन्दुक सहित रुखमा मृत भेटिए 

ओखलढुङ्गान्युज, असार २३ श्रीचौर । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरको जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । श्रीचौरको जङ्गलको एक रुखमा बन्दुक सहित मृत अवस्थामा ती पुरुष फेला परेका हुन् ।

मृत फेला पर्नेमा मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौरका अन्दाजी वर्ष ४३ का कर्णबहादुर तामाङ रहेका छन् । मृत भेटिएका तामाङ मोलुङ गाउँपालिका वडा नं ६ श्रीचौरको स्थानीय मेलमिलाप समितिका संयोजक समेत हुन्।

सोमबार बिहान घाँस काट्न जाने क्रममा स्थानीयले रुखमा शब झुन्डिरहेको अवस्थामा देखे पश्चात प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउनासाथ श्रीचौरमा रहेको प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।