प्रथम तालेपोखरी कप भलिबलको उपाधि कुइभिरलाई

प्रथम हुन सफल टीम कुइभिर
ओखलढुङ्गान्युज, २० माघ । चिशंखुगढी गाँउपालिकाको वडा नं. ६ भदौरेले आयोजना गरेको प्रथम तालेपोखरी कप वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि कुइभिरले जितेको छ । आज भएको फाइनल खेलमा कुइभिरले खोटाङको डुम्रे धारापानीलाई ३-१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

दोश्रो हुने टिम डुम्रे धारापानी खोटाङ
आज भएको फाइनल खेलमा कुइभिरले डुम्रे धारापानीलाई २१-२५, २५-१३, २६-२४ र २५-१९ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कुइभिरले नगद रु १ लाख १ रुपैयाँ सहित तालेपोखरी कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो बनेको डुम्र धारापानीले नगद रु ५ हजार १ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेश्रो हुने टिम पङ्खु
त्यस्तै आज नै विहान भएको पंखु भर्सेस दियाले बीचको खेलमा ३-० को सोझो सेटमा दियालेलाई पराजित गर्दै पंखु तेश्रो बनेको छ । तेश्रो बनेको पंखुले नगद रु ५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने चौंथो बनेको दियालेले नगद रु २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा कुइभिरका सुनिल माझी सर्वोत्कृष्ट खेलाडि बने । माझीले नगद रु ५ हजार ५ सय ५५ सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट ओपन स्पाइकर डुम्रे धारापानीका सन्तोष पाण्डे, उत्कृष्ट क्विक स्पाइकर पंखुका प्रकाश राई, उत्कृष्ट डिफेन्डर डुम्रे धारापानीका सविन मगर घोषित बन्दै नगद रु ३ हजार ३ सय ३३ का साथमा ट्रफी प्राप्त गरेका छन् ।

दोश्रो : डुम्रे धारापानी खोटाङ
त्यस्तै उत्कृष्ट सेटर कुइभिरका मिलन माझी, उत्कृष्ट ब्लकर डुम्रे धारापानीका रचन गुरुङ, उत्कृष्ट सर्भर पंखुका दिलिप राई घोषित हुदै नगद रु ३ हजार ३ सय ३३ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै कुइभिरका सुमन माझी अनुशासित खेलाडी तथा दियालेका उत्तम श्रेष्ठ नव उदियमान खेलाडी घोषित हुदै नगद रु ३ हजार ३ सय ३३ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

तेश्रो : मानेभञ्ज्याङ ४, केतुके पंखु
प्रतियोगिताका विजेता टीम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि चिशंखुगढी गाँउपालिकाका उपाध्यक्ष सन्तोषबाबु थापा, वडा नं. ६ का वडा अध्यक्ष बलराम कटवाल, वडा नं. २ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, वडा नं. ३ का वडा अध्यक्ष भिष्म श्रेष्ठ लगायतले नगद, कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन सत्र कार्यक्रममा कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

