नेपाली समय Loading...२०८३ असार २८, आइतवार

सगरमाथा आरोहीलाइ मोलुङ गाउँपालिकाको सम्मान 

ओखलढुङ्गान्युज, २५ साउन । मोलुङ गाउँपालिकाले सगरमाथा आरोहण गरेका आठ आरोहीहरुलाइ सम्मान गरेको छ । काठमाडौंको सरस्वती नगरमा रहेको मोलुङ क्याफेमा आज आयोजित एक कार्यक्रमका बीच मोलुङ गाँउपालिका स्थायी घर भई विभिन्न समयमा सगरमाथा शिखरको सफलता पूर्वक आरोहण सम्पन्न गर्ने आरोहीहरुलाइ सम्मान गरेको हो । 

सम्मानित हुनेहरुमा तीनपटक सम्म सफल आरोहण गर्न सफल आरोही वाङ्डा शेर्पा, छेपाल शेर्पा, आङ्बाबु शेर्पा, राम बहादुर मगर, सविन मगर, शेरे शेर्पा, डेन्डी शेर्पा र तेन्जिङ शेर्पा रहेका छन् । सम्मानित हुने आठैजना मोलुङ गाउँपालिकाका आरोही हुन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार, मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राई, मोलुङ गाउँपालिकाका पुर्व अध्यक्ष मणीराज राई, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राई तथा मोलुङ गाउँपालिकाका वडा नं. ३, ४, ७ र ८ का वडा अध्यक्षहरुले सम्मान गरेको मोलुङ गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक माधव कार्कीले जानकारी दिए ।