मध्यरातमा पहिरो गएपछि सिद्धिचरण लोकमार्ग अबरुद्ध
ओखलढुङ्गान्युज, २३ असार । अविरल वर्षाका कारण आएको पहिरोले गएको मध्यराति देखी सिद्धिचरण लोकमार्ग अबरुद्ध बनेको छ । शनिबार मध्यराति १२ बजेर ४० मिनेटमा पहिरो जाँदा सिद्धिचरण लोकमार्ग अबरुद्ध बनेको हो ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाँउपालिकाको वडा नं. ४ केतुकेको भुसुने जंगलमा पहिरो गएर बाटो अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
स्थानिय गाँउपालिका र सडक विभागसँग समन्वय गरेर उक्त अबरुद्ध बनेको सडक खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सडक अबरुद्ध हुँदा सोलुखुम्बु र ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जाने सवारी साधन तथा बाहिरी जिल्लाबाट ओखलढुङ्गा र सोलुखुम्बु भित्रिने सवारी साधन बाटामा अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

