नेपाली समय Loading...२०८१ जेष्ठ ८ मंगलवार

सुनकोशी नदिले बगाउँदा बालक बेपता

ओखलढुङ्गान्युज, २८ बैशाख । सुनकोशी नदीले बगाउँदा ओखलढुङ्गामा एक बालक बेपता भएका छन् ।‌बेपत्ता हुनेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं १ का गोथे सुनुवार का १० बर्षिय छोरा प्रवीण सुनुवार रहेका छन् । 

बेपत्ता बालक सिन्धुली घर भएर ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. २ पलापुमा मावली घरमा ६० बर्षका हजुरबुबा सँग बस्दै आएका थिए । मावली बस्दै आएका बालक शुक्रबार बिहान १०:४० बजे सुनकोशी नदिमा पौडी खेल्न पसेका थिए । पौडी खेल्न नदीमा पसेका बालकलाई नदीले अचानक बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

नदीमा बेपत्ता भएका बालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । स्थानीयसँगको समन्वयमा बेपत्ता बालकको खोजी भैरहेको र हालसम्म पनि अबस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।