नेपाली समय Loading...२०८१ जेष्ठ ७ सोमबार

ओखलढुङ्गामा सवारी दुर्घटना, नाबालिका सहित तीनजना घाइते

ओखलढुङ्गान्युज, २८ बैशाख । ओखलढुङ्गामा विहिवार साँझ सवारी दुर्घटना भएको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ६ ठाडेमा ठाडेबाट सोलुखुम्बु जिल्ला तर्फ जाँदै गरेको BAB ७७४२ नम्वरको बोलेरो र सोलुखुम्बएक-आपसमा ठक्कर खाई दुर्घटना हुंदा नाबालिका सहित तीनजना घाइते भएका हुन् । 

घाइते हुनेहरुमा बोलेरो चालक सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ बासा बस्ने मनिराज राईकी श्रीमती ३३ बर्षिया बिमा राई, उनको २ बर्षिया छोरी सृष्टि राई र सुमोमा सवार मोलुङ गाउँपालिका ७ माझखर्कका २० बर्षका ङिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

घाइते तीनैजनालाई तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा ल्याइएको प्रहरीले जनाएको छ । घाइते भएका मध्ये सामान्य अबस्थाका दुईजनालाई अस्पतालाबाट डिस्चार्ज गरेको र नाबालिकाको भने अस्पतालमा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

दुर्घटनामा परेको सुमोका चालक ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका -७ टोक्सेलका रमेश भुजेल प्रहरीको सम्पर्कमा रहेको‌ प्रहरीले जनाएको छ। त्यस्तै सुमो जिल्ला ट्राफिक कार्यालय ओखलढुङ्गाको नियन्त्रणमा रहेको र बोलेरो घटना स्थलमा रहेको नै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।