नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ककनी गौरीवन सहकारीका चारैजना धरौटीमा रिहा

ओखलढुङ्गान्युज, बैशाख आफ्ना बचतकर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका ककनी गौरीवन सहकारी संस्था लिमिटेड ओखलढुङ्गाका चारैजना धरौटीमा रिहा भएका छन् पक्राउ परेकाहरुलाई धरौटीमा रिहाई गर्न उच्च अदालत विराटनगर, अस्थाई ईजलास ओखलढुङ्गाले आदेश गरेसँगै उनीहरु धरौटीमा रिहाई भएका हुन्

धरौटीमा रिहाई हुनेहरुमा सहकारीका अध्यक्ष विनोद कुमार सुनुवार, उपाध्यक्ष नातिकाले भनिने पदम बहादुर खत्री, नरेश भनिने नेत्र बहादुर नेम्वाङ धन बहादुर मगर रहेको उच्च अदालत विराटनगर, अस्थाई ईजलास ओखलढुङ्गाका सूचना अधिकारी मनोज कुमार खड्काले जानकारी दिए उनीहरुलाई माननिय न्यायधिश द्वय नातिबाबु लामिछाने सरला मोक्तानको ईजलासले पछि प्रमाण पुगेर ठहरिए बमोजिम हुनेगरि विहिबार धरौटीमा रिहाई गर्न आदेश भएको सूचना अधिकारी खड्काले जानकारी दिए

खड्काका अनुसार सहकारीका अध्यक्ष विनोद कुमार सुनुवारलाई १० लाख, नेत्र बहादुर नेम्वाङलाई १० लाख, सहकारीका उपाध्यक्ष पदम बहादुर खत्रीलाई लाख तथा धन बहादुर मगरलाई लाख धरौटीमा रिहाई गर्न आदेश भएको हो उच्च अदालतबाट भएको आदेशसँगै धरौटी रकम लिएर आज शुक्रबार रिहाईको लागि जिल्ला अदालतबाट सम्पूर्ण प्रक्रिया पुरा गरि पठाईएको जिल्ला अदालत ओखलढुङ्गाका तहसिलदार कल्याण खड्काले जानकारी दिए

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत ओखलढुङ्गाले गत २०८० फागुन पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको थियो पूर्पक्षका लागि कारागार पठाउन आदेश भएसँगै धरौटीमा रिहाईका लागि उच्च अदालत विराटनगर, अस्थाई ईजलास ओखलढुङ्गामा मुद्धा दर्ता भएको थियो उच्च अदालतमा दर्ता भएको मुद्धा उपर सुनुवाई गर्दै उनीहरुलाई धरौटीमा रिहाई गर्न आदेश भएको हो  

ककनी गौरीवन सहकारी संस्थाले आफूहरुको बचत रकम नदिएको तथा फिर्ता माग्दा सम्पर्क विहिन भएर आफुहरुलाई ठगी गरेको भन्दै गत २०८० मंशीर १५ गते सहकारीका करीब दर्जन भन्दा बढी बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए