नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

मानेभञ्ज्याङमा अटो दुर्घटना, एक घाइते

ओखलढुङ्गान्युज, बैशाख ५ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ डडुवामा बुधबार विहानै अटो दुर्घटना भएको छ । अटो दुर्घटना हुंदा अटोमा सवार एक पुरुष घाइते भएका छन् ।

मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानीबाट हर्कपुर तर्फ जाँदै गरेको प्र २-०१-००१ ह ०२५० नम्बरको अटो विहान ९ बजे सिद्धिचरण लोकमार्ग अन्तर्गत डडुवाडाँडा भन्ने स्थानमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । अटो दुर्घटनामा परि घाइते हुनेमा मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं.-‍ ६ बस्ने अन्दाजी वर्ष-६८ को बम बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाइते राईको तत्काल उद्दार गरी उपचारका लागि उदयपुरको घुर्मिमा रहेको जनसेवा हेल्थ केयरमा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । प्राथमिक उपचार पश्चात राईलाई थप उपचारको लागि काठमाडौ पठाइएको र अटो चालक मानेभञ्ज्याङ गाउँपालिका ६ का गौतम राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।