नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

पेट्रोलियम पदार्थमा भारि मुल्य बृद्धि 

ओखलढुङ्गान्युज, बैशाख ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारि बृद्धि गरेको छ । आज विहानैदेखि लागु हुनेगरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

नेपाल आयल निगम सञ्चालक समितिको शोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँले मूल्य वृद्धि गर्ने निणर्य गरेको हो । नयाँ मूल्य आज शोमबार विहानी राती १ बजेदेखि लागू हुनेछ । 

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ ।