नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

कोशी र मधेसका ‘जाऔं’राइड सेयरिंङमा आकर्षक अफर

ओखलढुङ्गान्युज, बैशाख सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिंङको अफर बजारमा ल्याएको छ । कोशी प्रदेशमै पहिलो पटक सञ्चालनमा रहेको ‘जाऔँ’ ले नयाँ वर्ष २०८१ को अवसरमा पारेर सो सुविधा बजारमा ल्याएको हो ।

आकर्षक अफरमा शतप्रतिशत क्यास ब्याक अन्तर्गत यात्रुहरूले पहिलो पटक जाऔँको सुविधा लिएबापत आफुले तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याक गरिने जाऔँ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत दुर्गेश चौधरीले बताए । यात्रु गन्तव्यमा पुगेपश्चात् सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएसँगै तत्कालै शतप्रतिशत क्यास ब्याक हुने चौधरीले बताए ।

जाऔँको राईड सेयरमा दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कार्यकारी अधिकृत चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्ले स्टोरमा गएर जाऔँ को एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आए पनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।

अन्य राइड सेयरिंङ  एपहरू भन्दा यात्रुहरूलाई जाऔँ एप प्रयोग गर्दा सहुलीयत पर्ने कार्यकारी अधिकृत चौधरीको भनाइ छ । जाऔँको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले पोइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ ।

जाऔँले मुख्य सहरहरूमा एक सय भन्दा बढी राइडरहरुको रजिस्ट्रेसन गरिसकेको जनाएको छ । यात्रुहरूलाई छिटो, छरितो र भरपर्दो सेवा दिनका लागि आफूहरूले सुविधा बिस्तार गर्दै लगेको जनाएको छ । राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्ने कम्पनीले जाएको छ ।