नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

छुरा प्रहारबाट खोटाङमा एकको मृत्यु

ओखलढुङ्गान्युज, बैशाख छुरा प्रहारबाट खोटाङमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका वडा नं. ११ खार्मीका ३१ बर्षिय धनजित राई रहेका छन् । शनिवार साँझ भएको छुरा प्रहारबाट राईको मृत्यु भएको हो ।

शनिवार बेलुकी ८ बजेतिर स्थानीय भीम बहादुर राईको मकैबारीमा छुरा प्रहारबाट राईको मृत्यु भएको जिल्ला प्रहरी कार्याय खोटाङका प्रबक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । राईलाई रातको समयमा तीनजना ब्यक्तिहरुले छुरा प्रहार गरेको र हाल उनीहरु फरार रहेको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

घटनाको जानकारी हुनासाथ घटनास्थलमा प्रबक्ता प्रहरी निरीक्षक कार्कीको कमाण्डमा प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । छुरा प्रहार गरेर फरार रहेका अभियुक्तहरुको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।