नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

एमाले ओखलढुङ्गा अध्यक्षमा जीवी खड्का विजयी

ओखलढुङ्गान्युज, चैत २८ । नेकपा एमाले ओखलढुङ्गाको अध्यक्षमा जीवी खड्का निर्वाचित भएका छन् । १० औं जिल्ला सम्मेलन अन्तर्गत आज सम्पन्न निर्वाचन मत परिणाम अनुसार निवर्तमान उपाध्यक्ष हर्कबोल राईलाई ११ मतले पछि पार्दै खड्का निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्ष पदमा झम्कहरि बडाललाई पराजित गर्दै कमल न्यौपाने निर्वाचित भएका छन् भने सचिवमा टंकलाल गिरीलाई पराजित गर्दै अशोक कार्की निर्वाचित भएका छन् । उपसचिव महिला पदमा लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा विजयी बनेकी छन् । खुला उपसचिव पदमा भने दामोदर धमलालाई ९ मतले पछाडी पार्दै राजिव कटवाल निर्वाचित बनेका छन् ।

नेकपा एमाले ओखलढुङ्गाको १० औं जिल्ला अधिबेशन एकताको सन्देश दिने अधिबेशन बताईएपनि गुटगत राजनितीले छाडेन । तर कार्यकर्ताले भने क्रसमत प्रदान गर्दै एकतावद्ध भएर नै एमाले अगाडी बढ्नुपर्छ भन्ने सन्देश दिएको एमाले युवा नेता अर्जुन गिरीले बताए ।

निर्वाचित भएपछि प्रतिक्रिया दिदै उपाध्यक्ष कमल न्यौपानेले ओखलढुङ्गामा एमालेको गुट भन्दा भन्दा पनि मिलेर जानुपर्छ र पार्टी चलायमान बनाउनका लागि योग्य ब्यक्तिहरु नै छनौट गर्नुपर्ने सन्देश दिएको बताए । नयाँ बनेको टिमले आगामी दिनमा नेकपा एमालेलाई एकढिक्का बनाएर अझ शसक्त बनाउने दाबी गरे ।