नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सगरमाथा आरोहण गर्न शुक्रबारसम्म १३० जनाले लिए अनुमती

ओखलढुङ्गान्युज, चैत २५ यस सिजनको बशन्त ऋतुमा सगरमाथा आरोहणका लागि १३० जनाले अनुमती लिएका छन् । गत शुक्रबारसम्ममा सगरमाथा आरोहण गर्नका लागि ११ समुहका १३० जनाले अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार नेपालमा रहेका सगरमाथा लगायत हिमालहरुको आरोहण गर्नका लागि नेपाल भित्रिने पर्यटकको संख्या बढेको छ भने अनुमती लिने क्रम पनि जारि रहेको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत चुनबहादुर तामाङका अनुसार शुक्रबारसम्म सगरमाथा आरोहण अनुमति लिनेमा शुक्रबारसम्म १ सय ४ जना पुरुष र २६ जना महिला रहेका छन् ।

शुक्रबारसम्म २ सय ६४ जना पर्वतारोहीले नेपालका विभिन्न १५ वटा हिमाल आरोहण अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ । शुक्रबारसम्म आरोहणको अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथाको आरोहण गर्ने पर्वतारोही रहेको पनि पयटन विभागले जनाएको छ ।

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम हिमाल र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले जनाएको छ । आरोहण अनुमतिबाट शुक्रबारसम्ममा १९ करोड ९२ लाख रुपैयाँ रोयल्टी संकलन गरेको पर्यटन विभागले जनाएको छ ।