नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

शुक्रबार साँझ कटुन्जेमा ट्रयाक्टर दुर्घटना, एक घाइते

ओखलढुङ्गान्युज, चैत २४ । शुक्रबार साँझ ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं. १० को दारेगौडामा ट्रयाक्टर दुर्घटना भएको छ । शुक्रबार साँझ ७ बजेतिर भएको ट्रयाक्टर दुर्घटनामा परि त्यसमा सवार एकजना गम्भिर घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका १० कोषाहाटबाट ओखलढुङ्गा जिल्ला सदरमुकाम तर्फ आउँदै गरेको लु ४ त ८४७६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइते हुनेमा सोहि स्थानका पुष्पलाल भुजेलको १७ वर्षका छोरा (फरक क्षमता भएका-सामान्य हिड्न सक्ने) सितल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका भुजेललाई तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको थियो । भुजेलको अहिले सामुदायिक अस्पताल सोब्रुमा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । ट्रयाक्टर अनियन्त्रित भई कच्ची सडकबाट करीब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।