नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

दुधकोशी नदीमा बेपत्ता पुरुषको शब फेला

ओखलढुङ्गान्युज, चैत २० शोमबार दुधकोशी नदीमा बेपत्ता भएका ओखलढुङ्गाका एक पुरुषको शब फेला परेको छ । शोमबार दुधकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका मानेभञ्ज्याङ्ग गाँउपालिका वडा नं. ३ उँबुका श्याम कुमार राईको मृत अबस्थामा शब फेला परेको हो ।

शोमबार दिउँसो साँढे २ बजेतिर दुधकोशी नदीमा राई माछा मार्दै जाने क्रममा नदीले बगाएको थियो । घरबाट माछा मार्न गएका राई कार्कीबेसी भन्ने स्थानमा नदीमा पसेको बेला अचानक नदीले बगाएर बेपत्ता बनाएको थियो । राईलाई नदीले बगाएपछि स्थानीयले राईको खोजी गर्दै प्रहरीलाई जानकारी गराएका थिए ।

स्थानीय र प्रहरीले बेपत्ता भएका राईको खोजी गर्ने क्रममा साँझ ७ बजेतिर मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ३ को पस्चु भन्ने स्थानमा रहेको दुधकोशी नदीको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिष्टार सिंहले जानकारी दिए ।

शब फेला परेको घटनास्थलमा प्रहरीको टोली पुगेको छ । नदीको बिच धारमा भेटिएको शब राईको नै भएको परिवारले सनाखत समेत गरेकोले शबलाई आवश्यक कानूनी प्रकृया पूरा गरि परिवारलाई जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।