नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

खोटाङमा खयर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गान्युज, चैत १८ खोटाङमा शनिवार खयर बोकेको ट्रयाक्टर दुर्घटना भएको छ । रुम्दुबाट रसुवाघाट तर्फ जाँदै गरेको मे १ त ८५९७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रयाक्टरका चालक बुद्धशान्तिनगर नगरपालिका वडा नं. ४ का अमृत लिम्बु रहेका छन् ।

शनिबार खोटाङको बराहपोखरी गाउँपालिका वडा नं. १ मा रहेको रुम्दुबाट खयर बोकेर ट्रयाक्टर रसुवाघाट तर्फ जादै थियो । रसुवाघाट जाने क्रममा बराहपोखरीको भिरगाउँस्थित खोल्सामा पुगेपछि ट्रयाक्टर अनियन्त्रीत भएर सडक बाट खसेको थियो । ट्रयाक्टर सडकबाट करीब ८ सय मिटर तल खस्दा चालक लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

ट्रयाक्टर दुर्घटनामा परि त्यसमा सवार बराहपोखरी गाउँपालिका वडा नं. १ बराहपोखरीका मुकेश मगर गम्भिर घाईते भएका छन् । घाईते मगरको टाउको र शरिरको विभिन्न भागमा गम्भिर चोट देखिएको प्रहरी नायव उपरीक्षक खड्काले जानकरी दिए । गम्भिर घाईते मगरलाई शनिवार नै उपचारका लागि उदयपुरको गाईघाट पठाईएको पनि जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।