नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

जन्तरखानीको एक घरमा आगलागी, १० लाखको क्षति

ओखलढुङ्गान्युज, चैत १८ जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ६ जन्तरखानीमा रहेको एक घरमा शनिबार मध्यरातमा आगलागी भएको छ । जन्तरखानीको राँगेल भन्ने स्थानमा बस्ने बर्ष ५६ का काजी शेर्पाको घरमा आगलागी भएको हो ।

शनिवार राती १० बजेबाट आकस्मिक रुपमा आगलागी सुरु भएको थियो । आगलागीका कारण शेर्पाको ढुङ्गामाटोले बनेको, जस्ताको छाना भएको दुईतले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिष्टार सिंहले जानकारी दिए । आगलागीलाई स्थानीय र प्रहरी चौकी ठाडेबाट गएको प्रहरीको टोलीले आज आईतबार विहान राती २ बजे तिर पूर्ण रुपमा नियन्त्रणमा लिएको पनि प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

आगलागीका कारण शेर्पाको घरसँगै घर भित्र रहेको काठपात, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट हुँदा १० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगलागीका कारण अन्य मानविय र पशुचौपाया क्षति भने नभएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।