नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

मोलुङ ओखलढुङ्गाका एक युवक विहिबार देखी बेपत्ता

ओखलढुङ्गान्युज, चैत १७ जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी झगरपुरका एक युवक विहिबारबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा झगरपुरका ढक बहादुर भुजेलका छोरा २७ बर्षिय समीर भुजेल रहेका छन् ।

विहिबार दिउसो गाईबस्तु चराउने क्रममा उनले गोरुलाई पिटेका थिए । त्यहि विषयलाई लिएर बेलुकी बुबा आमाले सम्झाउने क्रममा भुजेल रिसाएर घरबाट निस्केको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी घरबाट निस्किएपछि बहिनीहरुलाई र आमालाई फोन गर्दै म घर आउदिन नखोज्नु भनेर भनेको उनका आमा सुन्तली भुजेलले जानकारी दिईन् ।

आमालाई घर आउदिन भनेर फोन गरेपछि पुन आमाले फोन गरेर अब नरिसाईकन घर आउनु भनेकी थिईन् । प्रतिउत्तरमा उनले म घर आउन नसक्ने ठाउँमा पुगेको छु भन्दै फोन काटिदिएका थिए । त्यसपछि उनले कसैको फोन रिसिभ गरेनन् । शुक्रबार साँझ सम्म पनि उनको मोबाईल फोनमा घण्टी गैरहेको र साँझ पछि भने फोन अफ भएको उनको खोजीमा संलग्नहरुले बताएका छन् ।

युवक हराएको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पनि सूचना आएको र खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । खोजी कार्य भैरहेपनि शनिवार साँझ सम्म युवकको बारेमा केहि पत्ता पाउन नसकिएको सूचना अधिकारी प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

वेपत्ता युवकको बारेमा कसैले केहि जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा युवकका बुबा ढक बहादुरको फोन नम्बर ९७४६९९३६२८, सामाजिक अभियान्ता माधब कार्कीको फोन नम्बर ९८५२८४०३५७ मा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।