नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गा प्रहरी प्रमुख केसीको सरुवा, खड्काको आगमन

ओखलढुङ्गान्युज, चैत १७ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख दिपक बहादुर केसीको सरुवा भएको छ । एक वर्ष बढी ओखलढुङ्गा बसेका प्रहरी नायव उपरीक्षक केसीको सरुवा भएसँगै ओखलढुङ्गा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न ओखलढुङ्गामा कृष्ण खड्का आईपुगेका हुन् ।

प्रहरी प्रधान कार्यालयले चैत ७ गते निकालेको सूचना अनुसार प्रहरी नायव उपरीक्षक केसी ओखलढुङ्गाबाट सरुवा भएर कास्कीको पोखरामा गएका हुन् । त्यस्तै केसीको सरुवा भएसँगै ओखलढुङ्गा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाण्डौंबाट केसी ओखलढुङ्गा सरुवा भएर आएका हुन् ।

प्रहरी नायव उपरीक्षक केसी गत २०७९ माघ २५ गते ओखलढुङ्गा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आईपुगेका थिए ।