नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

मोलुङको पात्लेमा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

ओखलढुङ्गान्युज, चैत १७ मोलुङ्ग गाउँपालिकाको पात्लेमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आगामी चैत महिनाको २२ र २३ गते वडा स्तरीय भलिबल प्रतियोगिता हुन लागेको मोलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिए ।

प्रतियोगितामा मोलुङ गाउँपालिकाका वडाका टीमहरुले मात्र सहभागीता जनाउन पाउनेछ । मोलुङ गाउँपालिका बाहेक खिजिदेम्बा गाउँपालिका वडा नं. ८ को पात्लेले पनि प्रतियोगितामा सहभागीता जनाउन पाउने वडा अध्यक्ष सुनुवारले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने टीमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुनेले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा तेश्रो हुनेले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगितामा चौथो हुने टिमले नगद रु १० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले २ लाख ५० हजार उपलब्ध गराएको छ । मोलुङ गाउँपालिका भित्र पर्ने वडाका टीमलाई मात्र सहभागीता गराउने गरी प्रतियोगीता सञ्चालन गर्न लागिएको हो । भलिबल प्रतियोगिता मोलुङ गाउँपालिका वडा नं. ७ मा रहेको सेप्ली झरना युवा क्लबले आयोजना गरेको हो । प्रतियोगिता जेसे मावि पात्लेको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।