नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

मानेभञ्ज्याङ्गमा तेश्रो बलबहादुर राई मेमोरियल ब्याडमिन्टन हुँदै

ओखलढुङ्गान्युज, चैत १७ जिल्लाको मानेभञ्ज्याङ्गमा तेश्रो बल बहादुर राई मेमोरियल ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी चैत २२ देखी २४ गते सम्म प्रतियोगिता मानेभञ्ज्याङ्ग गाउँपालिकाको ब्याडमिन्टन कभर्डहलमा सञ्चालन हुँदैछ ।

प्रतियोगिता अन्तर्गत पालिका स्तरीय पुरुष डबल्स, जिल्ला स्तरीय मेन्स डबल्स, खुला महिला डबल्स, खुला मिक्स डबल्स, भेट्रान्स ३५ प्लस डबल्स, भेट्रान्स ४५ प्लस डबल्स तर्फ प्रतियोगिता सञ्चालन हुने मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामकुमार राईले जानकारी दिए । त्यस्तै ¥याङ्किङ २० बाहेक खुला पुरुष डबल्स र खुला भेट्रान्स डबल्स तर्फका प्रतियोगिता पनि सञ्चालन हुने वडा अध्यक्ष राईले जानकारी दिए । खुला भेट्रान्स डबल्सका लागि भने न्यूनतम ४० वर्ष देखी माथिकाले मात्र प्रतियोगितामा सहभागीता जनाउन पाउने छन् ।

प्रतियोगितामा विजेता हुने पालिका स्तरीय पुरुष डबल्स तर्फ प्रथमले २० हजार, दोश्राले १२ हजार र तेश्रो हुनेले ३/३ हजार प्राप्त गर्नेछन् । त्यस्तै जिल्ला स्तरीय मेन्स डबल्स, खुला महिला डबल्स, भेट्रान्स ३५ प्लस डबल्स, भेट्रान्स ४५ प्लस डबल्स र खुल भेट्रान्स डबल्सका तर्फका विजेताले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले ५/५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै खुला मिक्स डबल्स तर्फ प्रथम हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रो हुनेले ५/५ हजार प्राप्त गर्नेछन् भने खुला पुरुष डबल्स तर्फका (¥याङ्किङ २० बाहेक) प्रथमले नगद रु ४० हजार, दोश्रोले २५ हजार र तेश्रो हुनेले जनही ७ हजार ५ सय प्राप्त गर्नेछन् । विजेताहलाई नगद सहित ट्रफि, मेडल्स र प्रमाणपत्र प्रदान गरिने पनि वडा अध्यक्ष राईले जानकारी दिए ।

आगामी चैत २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक मानेभञ्ज्याङ्ग गाउँपालिका र गाउँपालिकाको वडा नं. ५ वडा कार्यालय रहेको छ । प्रतियोगिता सञ्चालनका लागि अन्य विभिन्न स्थानमा रहनुभएका मनका धनीहरुले पनि सहयोग रकम पठाईरहनु भएको वडा अध्यक्ष राईले जानकारी दिए । प्रतियोगीता मानेभञ्ज्याङ्ग ब्याडमिन्टन क्लबले आयोजना गरेको हो ।