नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

साझेदारीमा मानेभञ्ज्याङ्गलाई ओखलढुङ्गा सेवासमाज दक्षिण कोरियाको एम्बुलेन्स

ओखलढुङ्गान्युज, चैत १६ गाउँपालिकासँगको साझेदारीमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले मानेभञ्ज्याङ्ग गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ । गाउँपालिकालाई उपलब्ध भएको एम्बुलेन्स आजै मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् ।

ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले सन् २०२० मा सञ्चालन गरेको कन्सर्टमा उठेको रकमबाट मानेभञ्ज्याङ्ग गाउँपालिकामा एम्बुलेन्स खरिदका लागि नगद रु १० लाख ५० हजार उपलब्ध गराएको थियो । दक्षिण कोरियाबाट उपलब्ध भएको पैसाले मात्र एम्बुलेन्स नआएपछि एम्बुलेन्स खरिदका लागि मानेभञ्ज्याङ्ग गाउँपालिकाले १४ लाख बजेट विनियोजन गरेको थियो । दक्षिण कोरियामा रहेको ओखलढुङ्गा सेवा समाजले उपलब्ध गराएको बजेट र गाउँपालिकाले साझेदारी गरेको बजेटबाट एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीले जानकारी दिए ।

ढिलै भएपनि गाउँपालिकामा एम्बुलेन्स आएको र आगामी दिनमा गाउँपालिका भित्रका विभिन्न वडाका विरामीहरुलाई उपचारका लागि अस्पतालसम्म लैजान सहज हुने गाउँपालिकाका अध्यक्ष रुम्दालीको भनाई छ । गाउँपालिकामा आईपुगेको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष रुम्दालीले मानेभञ्ज्याङ्ग स्वास्थ्य चौकीको मातहतबाट सञ्चालन हुनेगरि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रुम्दालीले एम्बुलेन्स खरिदका लागि तदारुकता देखाएर सहयोग गरेकोमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष रुम्दालीले एम्बुलेन्सलाई चौविसै घण्टा तयारी अबस्थामा राखेर विरामीहरुको सेवामा खटाउन स्वास्थ्य चौकीका प्रमुखलाई निर्देशन समेत दिएका थिए ।