नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

चिशंखुगढीका विभिन्न स्थानबाट म्याद गुज्रिएका सामाग्री बरामत

ओखलढुङ्गान्युज, चैत १५ चिशंखुगढी गाउँपालिकाले बुधबार आफ्ना पालिकाका विभिन्न स्थानहरुमा रहेको बजारको अनुगमन गरेको छ । अनुमगनका क्रममा ६० हजार भन्दा बढि मूल्यका सामाग्रीहरु जफत भएको छ ।

बुधबार गाउँपालिकाका उपाध्यक्ष सन्तोष थापाको नेतृत्वमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिताराम राई सहितको अनुगमनमा निश्केको टोलीले बुधबार चिशंखुगढी वडा नं. २ र ३ मा रहेका विभिन्न होटल तथा पसलहरुमा अनुगमन गरेको हो । गाँउपालिकाको योजना अनुसार नै अनुगमन गर्ने तयारी गरिएको भएपनि म्याद गुज्रिएको सामाग्री विक्री वितरण भैरहेको भन्ने स्थानीयबासीको गुनासोका आधारमा पसलहरुको अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष सान्तोषबाबु थापाले जानकारी दिए ।

अनुगमनका क्रममा स्थानीय नागरिकले दैनिक रुपमा प्रयोग गर्ने त्रिशक्ती ब्राण्डको तोरीको तेल, बेसन, चनाको पिठो, पशु चौपायाको औषधी लगायतको म्याद गुज्रिएको सामाग्रीहरु समेत विक्रि भएको पाईएको उपाध्यक्ष थापाले बताए । अनुगमनका क्रममा त्रिशक्ती तोरीको तेल, हार्पिक, चिसो पेय पद्धार्थ डिउ, मम मसला, चकलेट, विस्कुट, आँटा पिठो लगायतका सामाग्रीहरु रहेको उपाध्यक्ष थापाले जानकारी दिए ।

अनुगमनका क्रममा नियन्त्रणमा लिईएका सामाग्रीहरुलाई गाउँपालिका कार्यालयमा नै ल्याएर राखिएको छ । ती सामाग्रीहरुलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर गाउँपालिकाले नष्ट गर्ने पनि गाउँपालिका उपाध्यक्ष थापाले जानकारी दिए ।