नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखु गाउँपालिकामा विपद व्यबस्थापन सम्बन्धि तालिम

ओखलढुङ्गान्युज, चैत १४ जिल्लाको लिखु गाउँपालिकामा तिनदिने विपद व्यबस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । लिखु गाउँपालिकाको विभिन्न स्थानहरुमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा नै तालिम सञ्चालन गरिएको हो ।

गाउँमा आईपर्ने विभिन्न प्रकारका विपदहरुसँग कसरी जुध्दै उद्दारको कार्यमा जुट्न सकिन्छ भनेर पूर्व तयारी स्वरुप तालिमको आयोजना गरिएको लिखु गाउँपालिका विपद व्यबस्थापन समितिका संयोजक एवम् लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टीकाराम मगरले जानकारी दिए । तालिमका ग्याँस सिलिण्डरबाट हुने आगलागी नियन्त्रण, नदी तथा खोलामा डुबेकाको उद्धार, भिरमा अड्किएकाको उद्धार, रुखमा अड्किएकाको उद्धार कसरी गर्ने भन्ने लगायतको सैद्धान्तिक र प्रयोगात्मक तालिम प्रदान गरिएको संयोजक मगरले जानकारी दिए ।   

ओखलढुङ्गा जिल्लामा रहेको नेपाली सेनाको दुर्गावक्स गणका प्रशिक्षकहरुले तालिममा सहभागीहरुलाई शीप तथा ज्ञान प्रदान गरेका थिए । तालिममा लिखु गाउँपालिकाका वडा नं. १ देखी वडा नं. ९ सम्मका प्रत्येक वडा बाट ६/६ जनाले सहभागीता जनाएका थिए । त्यस्तै तालिममा स्थानीय प्रहरी, पालिका प्रहरी, गाउँपालिकामा रहेको विपद व्यबस्थापन समितीका पदाधिकारीहरु, स्वास्थ्यकर्मी सहित ७८ जना सहभागी रहेका थिए ।

तीनदिन सम्म चलेको तालिमको लिखु गाउँपालिकाको विपद व्यबस्थापन समितिले आयोजना गरेको हो । लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरको माईटार तथा वडा नं. ४ यसमका विभिन्न स्थानहरुमा तालिमको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासहरु गराईएको वडा अध्यक्ष एवम् विपद व्यबस्थापन समितिका संयोजक मगरले जानकारी दिए ।