नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

चर्चामा म्युजिक भिडिओ  ‘देउ न त्यो मन’

ओखलढुङ्गान्युज, चैत ११ गीत संगितको दुनियामा फेरी एउटा गीत थपिएको छ । केहिदिन अगाडीबाट संगीतको बजारमा गायिका कविता खत्री र चर्चित गायक खेम सेन्चुरीको  ‘देउ न त्यो मन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो ।

नयाँ युट्युब च्यानल म्युजिक भिडियो सार्वजनिक भएको केहि दिनमा नै यो गीतले लाखौको भ्यूज बटुली सकेको छ । गायीका कविता खत्री र गायक खेम सेञ्चुरीको स्वरमा रहेको यस गीतको विक्रम बावु विश्वकर्माको शब्द तथा नन्दु परियारको लय सहित भिडिओ निर्माण भएको हो ।

म्यूजिक भिडियोलाई अजय रेग्मीले छायांकन, मिलन विश्वकर्माले सम्पादन तथा अशोक विकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । हाल निकै चर्चामा रहेको यस गीतको भिडिओमा कलाकार पुष्प खड्का र चर्चित डान्सर कविता नेपालीले नृत्य तथा अभिनय गरेका छन् ।

गायीका खत्रीको यस भन्दा अगाडी पनि विउ खायो चल्लाले, तिन पाने, ओखलढुङ्गा सुन्दर लगायत धेरै गीतहरु युट्युब मार्फत सार्वजनिक भएका छन् । सार्वजनिक भउका गीतहरुले पनि लाखौ दर्शकहरुको मन जित्न सफल भएको थियो ।