नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

उसिनेको अण्डा खाँदा अड्किएर ओखलढुङ्गामा एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज, चैत १० जिल्लाको मोलुङ गाउँपालिका वडा नं. २ रामपुरमा उसिनेको अण्डा खाने क्रममा अड्किदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. २ रामपुरका ४५ बर्षका काजी भुजेल रहेका छन् ।

शुक्रबार साँझ ५ बजेतिर मोलुङ २ को रामपुर बजारमा मादक पदार्थ सेवन गरेर मातेका भुजेलले सोहि ठाँउको फुलमाया तामाङको खाजा घरमा पसेर आफुखुशी उसिनेको अण्डा खाएका थिए । उसिनेको अण्डा खाने क्रममा अचानक घाँटीमा अड्किएपछि भुजेल बेहोस भएर खाजा घरमा नै लडेका थिए ।

घटनाको बारेमा जानकारी हुनासाथ स्थानीयहरुले ईलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरलाई खबर गरि उपचारका लागि सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाएका थिए । साँझ ६ बजेतिर सामुदायीक अस्पताल ल्याईपु¥याईएका भुजेलको बाटोमा नै मृत्यु भैसकेको अस्पतालका डाक्टरहरुले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिष्टार सिंहले जानकारी दिए । 

शुक्रबार साँझ मृत्यु भएका भुजेलको शबलाई शनिवार पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा लगिएको थियो । शबको पोष्ट मार्टम पश्चात शबलाई दाहसंस्कारका लागि परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।