नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाका रुचालले दिलाए नेपाललाई पहिलो पटक मुवाथाइ च्याम्पियनसीपको उपाधि

ओखलढुङ्गान्युज, चैत नेपालले पहिलो पटक मुवाथाइ च्याम्पियनसीपको उपाधि चुमेको छ ।  भर्खरै थाइल्याण्डमा सम्पन्न १९ औँ विश्व मुवाथाइ च्याम्पियनसीपको उपाधि नेपालका गुणराज रुचालले जितेका हुन्  । रुचाल ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

मंगलबार भएको फाइनलमा इटालीका ग्राबियल ओलारिउलाई रुचालले पराजित गर्दै विश्व च्याम्पियनसीपको उपाधि जितेका हुन्। यसअघि नेपालका कुनै पनि खेलाडीले विश्व च्याम्पियनसीपको उपाधि जितेका थिएनन् । मुवाथाइ च्याम्पियनसीपको प्रतियोगितामा रुचालको यो आठौं सहभागिता हो । रुचालले नेपालको तर्फबाट च्याम्पियनसीपमा भएको आठौँ सहभागितामा जनाउने क्रमा उपाधि जितेका हुन् ।

प्रतियोगिता अन्तर्गत नेपालकै परिका बतासले एमेच्योरतर्फ उपाधि जितेका छन् । प्रतियोगितामा नेपालबाट पाँचजना खेलाडीले सहभागीता जनाएका थिए । जसमध्ये सुशील शाह ठकुरी ५१ केजी तौल समूहमा उपविजेता बने भने सञ्जय राई ५० केजी तौल समूहमा उपविजेता बन्न पुगे । ५७ केजी तौल समूहमा गुमानसिँह मगर तेस्रो भए ।

मार्च १२ देखि सुरु भएको प्रतियोगितामा ४० भन्दाबढी देशका खेलाडी सहभागी रहेका थिए ।