नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी बरालको सरुवा, ढकाल आउने

ओखलढुङ्गान्युज, चैत ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालको सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै प्रमुख जिल्ला अधिकारीको सरुवा भएको जनाएको हो ।

गृह मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचना अनुसार ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी सहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । ओखलढुङ्गाका प्रजिअ बराललाई सरुवा गरेर मोरङ कारागारमा जेलर बनाएर पठाउदै गृह मन्त्रालयका सहसचिव नारायण ढकाललाई ओखलढुङ्गा पठाएको छ ।

गृहले सूचना मार्फत ओखलढुङ्गा, संखुवासभा, अर्घाखाँची, जाजरकोट, खोटाङ, रोल्पा, दार्चुला, ताप्लेजुङ, तेह«थुम, कैलाली र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो । प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेसँगै ति स्थानहरुमा नयाँ प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन गरेको छ ।