नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखुमा अध्यक्ष कप भलिवल सुरु

ओखलढुङ्गान्युज, चैत बुधबारबाट जिल्लाको लिखु गाउँपालिकामा प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । बुधबार एक औपचारिक कार्यक्रमका साथ भलिवल प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य एवम् पूर्व संघिय सांसद यज्ञराज सुनुवारले जिल्लाको भौतिक तथा खेलकुद विकासको लागि आफु सदैव जिल्लाबासीको साथमा रहने बताए । देशका दक्ष युवाहरु विभिन्न बहानामा विदेशी रहेकोले खेलकुदको माद्यमबाट भएपनि युवाहरुलाई सरकारले देशमा नै रहने वातावरण वनाउनु पर्ने बताए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सुनुवारले भने, ‘सहभागी मध्ये एक टिमले जित हासिल गर्न सक्छ । मेडल र शिल्ड एक टिमले जितेपनि प्रतियोगितामा सहभागी सबैले दर्शकको मन जित्न सफल बन्नुपछ । स्थानीय सरकारले खेलकुदको माद्यमबाट भएपनि युवाहरुलाई देशमा नै रहने वातावरण सृजना गर्नुपर्छ ।’

प्रतियोगितामा छिमेकी जिल्लाहरु रामेछाप, सोलुखुम्बु, भोजपुर सहित पुरुष तर्फ ९ टीम र महिला तर्फ ६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता लिखु गाउँपालिका वडा नं. ५ यसममा रहेको गाउँपालिकाको नयाँ जग्गामा भैरहेको छ । प्रतियोगिता चैत ३ गते सम्म सञ्चालन हुनेछ ।

महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता टिमले क्रमशः नगद रु १ लाख ५० हजार, १ लाख, ७० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै सान्त्वना स्थान प्राप्त गर्नेले नगद रु ४० हजारका साथमा मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले पनि क्रमशः नगद रु २ हजार सहित ट्रफि हात पार्नेछन् ।