नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा मोटरसाईकल दुर्घटना, एक गम्भिर घाईते

ओखलढुङ्गान्युज, फागुन २९ जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ६ को साउनेडाँडा भन्ने स्थानमा मंगलबार दिउँसो मोटरसाईकल दुर्घटना भएको छ । मोटरसाईकल दुर्घटनामा परि मोटरसाईकलको पछाडी सवार सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउषाकी २७ बर्षिया विपना राई गम्भिर घाईते भएकी छन् ।

सोलुखुम्बुबाट काठमाण्डौं तर्फ जादै गरेको प्र ३–०२–०१३ प २८४७ मंगलबार दिउँसो साँढे ३ बजे अनियन्त्रित भै सडकबाट १ सय मिटर तल खसेको थियो । मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकलको पछाडी बसेकी राई गम्भिर घाईते भएकी हुन् । गम्भिर घाईते राईलाई तत्काल उद्धार गरी सामुदायीक अस्पताल सोब्रुमा उपचारका लागि ल्याईएको थियो । टाउकोमा चोट लागेकी राईको सामुदायीक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

दुर्घटनामा परेको मोटरसाईकल चालक नुवाकोट जिल्लाको नेघाङ गाउँपालिका ७ का बर्ष २७ का हेबिङ लामा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।