नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

रुख बाट लडेर रानीवनमा एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज, फागुन २९ । जिल्लाको चम्पादेवी गाउँपालिकामा रुखबाट खसेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं.१० रानीवनका बर्ष ४६ का वशन्त कार्की रहेका छन् ।

शोमबार अपरान्ह ४ बजेतिर छिमेकी ध्रुव बोगटीको बारीमा रहेको पटमेरोको रुखमा कार्की घाँस झार्न चढेका थिए । रुखबाट घाँस झार्ने क्रममा उनी अचानक २० मिटर तल भैंमा पछारिएका थिए । रुखबाट खसेका कार्कीको घटनास्थलमा नै मृत्यु भएको रानीवनबाट पुर्व वडा अध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए ।

कार्कीको मृत्यु भएपछी प्रहरीलाई जानकारी गराइएको थियो । घटनाको बारेमा जानकारी हुनासाथ प्रहरी चौकी घोराखोरीको प्रहरी आएर घटनास्थलमा भएको शबलाई सुरक्षित राखेको थियो । मंगलबार विहान इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा आएको प्रहरीको टोलीले घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरेर शबलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र रानीवन लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

शबको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा पोष्ट मार्टम गरि परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक कार्कीका अपाङ्ग श्रीमती सहित ३ छोरी र १ छोरा रहेका छन्