नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाको निशंखेमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

ओखलढुङ्गान्युज, फागुन २७ जिल्लाको सिद्धिचरण नगरपालिकामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. २ निशंखेकी बर्ष ३४ कमला सार्की रहेकी छन् ।

शनिबार विहान राती कमलाको मृत्यु भएपछि शनिबार विहानै ४ बजे स्थानीयले स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरीलाई जानकारी हुनासाथ प्रहरी चौकी निशंखेको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थललाई सुरक्षित राखेर शबको जानकारी दिन कमलाका माईती पक्षलाई जानकारी गराईएको थियो ।

कमलाको माईती पक्ष आएपछि प्रहरीले आवश्यक कानूनी प्रकृया पुरा गरि शबलाई शनिबार साँझ नै पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको थियो । पोष्ट मार्टम पश्चात कमलाको शबलाई परिवारको जिम्मा लगाईएको पनि प्रहरीले जनाएको छ ।

मदिराको सेवन पश्चात विवाद हुदा कमलाका श्रीमान ओम कुमार सार्कीले पिटेका थिए । त्यही कुटाईका कारण कमलाको मृत्यु भएको आशंकामा मृतकका श्रीमानलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । कमलाको मृत्यु भएको घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।