नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

पाकिस्तानको राष्ट्रपतिमा दोश्रोपटक आसिफ अली जरदारी  निर्वाचित

ओखलढुङ्गान्युज, फागुन २७ । पाकिस्तानमा भएको राष्ट्रपतिको निर्वाचनमा दोश्रो पटक आसिफ अली जरदारी  निर्वाचित भएका छन् । दोश्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका  जरदारी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

निर्वाचन सम्पन्न भएपश्चात पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएअनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट  बहुमत प्राप्त गरे । उनले सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर निर्वाचित भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जरदारीले शुक्रबार विदाइ भएका निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिँदै छन् ।

जरदारी सन् २००८ देखि २०१३ सम्म ११औँ राष्ट्रपति रहेका थिए । यसपटक निर्वाचित भएसँगै जरदारी दोश्रो पटक पाकिस्तानको राष्ट्रपति पदमा निर्वाचित बनेका हुन् । जरदारी सन् २०२४ फेब्रुअरी ८ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।