नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मानेभञ्ज्याङमा शिक्षकहरुको लागि विद्यार्थी मनोसामाजिक परामर्श तालिम सम्पन्न

ओखलढुङ्गान्युज, फागुन २५ जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा विहिबार शिक्षकहरुका लागि मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ । गत आईतवार देखी सुरु भएको मनोसामाजिक परामर्श तालिम विहिबार सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका सभापति मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले शिक्षकहरुले तालिमबाट सिकेको सिप विद्यार्थी मार्फत घरघरमा पुग्ने बताए । तालिम कार्यक्रम निकै उपोयोगी भएको आगामी आर्थिक वर्षमा पनि तालिमका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने गाउँपालिका अध्यक्ष रुम्दालीले बताए । आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्नुका साथै विद्यार्थी मनोपरामर्श तालिम र मानसिक स्वास्थ्य क्षेत्रको सचेतनामूलक कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिने बताए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक तथा सिएमसी नेपालका सिनियर साईकोलोजिष्ट विष्णु प्रसाद प्रजापतिले जिल्लाको चार स्थानीय तहमा सीएमसी नेपालले सामुदायीक मानसिक कार्यक्रम र लैङ्गिक हिंसा न्यूनिकरण कार्यक्रम गरिरहेको बताएका थिए । मानसिक स्वास्थ्यलाई प्रभावकारी बनाउन पालिकाका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्धि तालिम तथा प्रत्यक्ष र दुर सुपरिवेक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

तालिमको समापन सत्र कार्यक्रममा मानसिक स्वास्थ्य स्वावलम्बन समूहका जिल्ला तथा गाउँपालिका अध्यक्ष मान बहादुर अधिकारीले समूह मार्फत गाउँपालिकाका १४५ जना विरामीले औषधी सेवन गरिरहेको जानकारी दिए । आयआर्जनमा कडा खालको मानसिक समस्या भएका व्यक्तिहरुलाई सहयोग गर्दा उनीहरुको अवस्थामा सुधार आउनुका साथै समाज तथा परिवारले समेत सकारात्मक रुपमा हेर्न थालेको बताए ।

शिक्षा तथा मानव श्रोत केन्द्रद्वारा जारी गरेको शिक्षक निर्देशीका अनुसार आईतबार बाट पाँच दिन सम्म चलेको तालिममा मानेभञ्ज्याङ्ग गाउँपालिकाका ८ ओटा माद्यमिक विद्यालयका १ महिला शिक्षक र १ पुरुष शिक्षक गरि १६ जनाले सहभागीता जनाएका थिए । तालिममा सीएमसी नेपालको तर्फवाट मानसिक स्वास्थ्य कार्यक्रम संयोजक सिनियर साईकोलोजिष्ट विष्णु प्रसाद प्रजापती  र जिल्ला मनोसामाजिक परामर्शकर्ता संयोजक कोपिला बस्नेतले गरेका थिए ।