नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

खिजिदेम्बामा एक पुरुष मृत अबस्थामा फेला

ओखलढुङ्गान्युज, फागुन २४ जिल्लाको खिजिदेम्बा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । मृत अबस्थामा फेला पर्नेमा खिजिदेम्बा गाउँपालिका वडा नं. ६ बन्सेका अन्दाजी वर्ष २८ को दिल बहादुर तामाङ रहेका छन् ।

बुधबार विहान करीब ६ बजे घरबाट निस्केका तामाङ विहिबार विहानसम्म पनि घरमा नआएपछि परिवारले उनको खोजी सुरु गरेको थियो । तामाङको खोजी गर्ने क्रममा फागुन २४ गते विहान बन्सेको भिरखर्क भन्ने ठाउँको गोरेटो बाटोबाट करीब २ सय मिटर तल झरी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी बलिष्टार सिंहले जानकारी दिए ।

तामाङको खोजी गर्नेक्रममा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको बारेमा जानकारी पाउना साथ प्रहरीको टोली घटनास्थलमा  पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर आवश्यक कानूनी प्रकृया पुरा गरी शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सिंहले जानकारी दिए ।

मृतक तामाङ छारे रोगका विरामी रहेको परिवारले जानकारी दिएको पनि प्रहरीले जनाएको छ । भिरमा पुगेको बेला रोगले चापदा अचानक लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।